काठमाडौं । नेकपा एमालेका नेता विनोद शाहले देशको कमजोर आर्थिक अवस्थालाई सुधार गर्नुपर्छ भन्ने उद्देश्यले वर्तमान सरकार बनेको बताउनुभएको छ ।
डेलिवरी दिनुपर्छ, संविधान संशोधन गर्नुपर्छ भन्ने मुख्य कुरालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको समेत नेता शाहको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता शाहले संसदका दुई ठुला शक्तीशाली दल नेपाली कांग्रेस एमालेबाहेक अर्को दलले देशको विकाश गर्न सक्ने सम्भावना नै नरहेको दाबी गर्नुभयो ।
अन्य शक्तीको अब काम र जनतामा आस नै नभएकाले वर्तमान सरकार ढल्ने सवाल नै नआउने पनि उहाँको भनाइ छ । केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि देशमा विकाशका कामले गति लिन थालेको, जनतामा आसा जागेको बताउँदै उहाँले अब विस्तारै देशले मुहार फेर्ने कुरामा शंका नगर्न आग्रह गर्नुभयो ।
गठबन्धनमा दरार आयो अब भत्किन्छ भनेर बाहिर प्रतिपक्षले हल्ला गर्दै हिड्नु सरकारदेखि बाहिरिनुपरेको पिडाबाहेक अरु केहि नभएको पनि उहाँको भनाइ छ ।