Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ज्ञानलाई व्यवहारमा उतार्नुस्’: प्रधानमन्त्रीओली

‘ज्ञानलाई व्यवहारमा उतार्नुस्’: प्रधानमन्त्रीओली

  • शनिवार, पौष १३ २०८१

  • 439
    SHARES

  • ‘ज्ञानलाई व्यवहारमा उतार्नुस्’: प्रधानमन्त्रीओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई प्राप्त गरेको ज्ञान सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था बनाउनेगरी प्रयोग गर्न आग्रह गर्नुभएको छ।

    त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति समेत रहनु भएका ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र ‘विद्वान हुँ’ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘व्यवहारमा उतार्न सकिएन आफैँसँग भएको विद्या पनि काम लाग्दैन। ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’

    यसपटक कुल १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा विभिन्न १७ वटा विधाका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ।


    शनिवार, पौष १३ २०८१०८:००:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij