Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

“देश र जनतालाई केन्द्रमा राखेर काम गरौं”: सभापति देउवा

“देश र जनतालाई केन्द्रमा राखेर काम गरौं”: सभापति देउवा

  • शनिवार, पौष १३ २०८१

  • 447
    SHARES

  • “देश र जनतालाई केन्द्रमा राखेर काम गरौं”: सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

    आज काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पिएल सिंहको १३औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरो कामहरूलाई अघि बढाउनुपर्ने बताउनु भएकोे हो।

    सभापति देउवाले स्वर्गीय पिएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गदै उहाँले पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएकाले उहाँको निधनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राख्नुभयो ।

    त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गर्नुभएको थियो । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो।


    शनिवार, पौष १३ २०८१०३:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij