काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयघात भएपछि गएराति उपचारका लागि काठमाण्डौको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पु¥याइएकोमा उहाँको ७१ वर्षमा गएराति नै निधन भएको हो।
वस्ती २०६५ साल भदौ २२गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । पछि पदावधि नथपिएपछि उहाँ २०७० साल चैत २९ गते अस्थायी न्यायाधीशका रूपमै सर्वोच्च अदालतबाट अवकाश हुनुभएको थियो।
सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गर्नुभयो ।२०१० साल असार ८ मा जन्मिएका प्रकाश वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको हो।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानूनी सल्लाहकार बनेर काम गर्नुभयो। पछिल्लो समय उहाँ न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवम् पुस्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो।