काठमाडौं । पूर्वराजदूत डाक्टर लोकराज बरालले नेपाल भारत सम्बन्ध यथास्थितीमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले अहिलेसम्म भ्रमणको लागि निम्तो नदिए पछि सम्बन्धमा प्रश्न उठिरहेको बेला बरालले नेपाल मात्रै भारतको पहिलो प्राथमिकता नभएकोले आवश्यक नठानेको स्पष्ट पार्नुभयो ।
बरालका अनुसार अहिले भारत र नेपालको सम्बन्ध न राम्रो न त नराम्रो यथास्थितीमा रहेको छ ।
भारतले यतिबेला इश्यु र एजेण्डा पनि नपाएको बताउँदै उहाँले सीमानाको कुरा भारतले सुन्न बोल्नै नचाहने टिप्पणी गर्नुभयो ।
अहिले प्रधानमन्त्री भारत भ्रमणमा जानै पर्ने कारण नरहेको तर्क गर्दै निम्ता गर्ने नै उत्सुक भएको नदेखिएकाले विस्तारै शान्तीपूर्ण ढंगले जति बेला बोलाउछन् त्यो बेला गए हुनेमा जोड दिनुभयो ।
यस्तै चीनसँग नेपालको बीआरआई सम्झौतापछि भारत रुष्ट भएको देखिएको पूर्वराजदूत बरालको भनाइ छ ।
यो समयमा बीआरआइ गर्नुपर्ने कारण र फाइदाबारे प्रश्न उठाउँदै भारत केहि रुष्ट देखिएको आफूले पाएको उहाँले बताउनुभयो ।