काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारीका सन्दर्भमा दुई दिन लगाएर लिएको रविको बयान आज सकिएको हो।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो। उहाँकाअनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।
अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ। सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।