Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा ‘सयदिने विशेष अभियान’को समय थप

कांग्रेसमा ‘सयदिने विशेष अभियान’को समय थप

  • बिहिवार, पौष ११ २०८१

  • 428
    SHARES

  • कांग्रेसमा ‘सयदिने विशेष अभियान’को समय थप

    काठमाडौं। नेपाली कांग्रेसले सयदिने अभियानको काम सक्न समय थप गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ गते अभियान समापन गर्ने भनिएकोमा काम सक्न बाँकी जिल्लाका लागि समय थप गरिएको हो।

    पौडेलले केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका लगायत अन्य कारणले ‘सयदिने विशेष अभियान’को तोकिएका कार्य सम्पादन हुन नसकेपछि समय थप भएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

    काम सक्न बाँकी जिल्लाले १ महिना अर्थात सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्नेगरी समयावधि थप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीलाई थप अवधिमा साङ्गठनिक रूपले गर्न/गराउन निर्देशन दिइएको छ।


    बिहिवार, पौष ११ २०८१०३:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij