Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

’सरकार सहकारी पीडितको रकम फिर्ता गर्ने काममा लागेको छ’

’सरकार सहकारी पीडितको रकम फिर्ता गर्ने काममा लागेको छ’

  • बिहिवार, पौष ११ २०८१

  • 610
    SHARES

  • ’सरकार सहकारी पीडितको रकम फिर्ता गर्ने काममा लागेको छ’

    काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार सहकारी पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गर्ने काममा लागेको बताउनुभएको छ।

    चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले सहकारी पिडकलाई कारबाही र पीडितलाई रकम फिर्ता गर्ने कामसँगै अगाडि बढेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारले अध्यादेशवाट सहकारी समस्या समाधान गर्ने प्रयास गरेको छ। पहिला पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गराउने सरकारको दायित्व हो, पीडकलाई कारबाही हुने र पीडितको पैसा फिर्ता गराउने सिस्टम बसाउन सरकार अहिले लागेको छ।”

    सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको कारवाही के गर्ने कसरी गर्ने भन्ने कुरा कानुनी प्रक्रिया आफैँमा स्वतन्त्र रहेकोले यसमा कसैले हस्तक्षेप गर्न नहुने उहाँले बताउनुभयो।

    सरकार फेरबदलका कुरा भने अहिले सम्भव नभएको उहाँले बताउनुभयो। संविधान लेखन तथा संशोधन गर्ने कुरा निश्चित विधि प्रक्रिया पूरा गरेर मात्रै सम्भव भएको उहाँले बताउनुभयो ।


    बिहिवार, पौष ११ २०८१०३:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij