काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो।
उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताउनुभयो।
उहाँले दुई ठुला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताउनुभयो।
दुई ठुला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिको एकीकृत स्वरूप निर्माण भएको बताउँदै उहाँले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्नुभयो।