काठमाडौं। नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई कारबाही गरेको छ।
आज बसेको सचिवालय बैठकले पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरेको हो ।
उनिहरुले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने पार्टीको निर्णयको विरोध गरेका थिए। सार्वजनिक रुपमा गरेको विरोधैका कारण उनीहरूलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।
बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ।