Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

भीम रावल एमालेबाटै निष्काशित

भीम रावल एमालेबाटै निष्काशित

  • बुधवार, पौष १० २०८१

  • 2.5K
    SHARES

  • भीम रावल एमालेबाटै निष्काशित

    काठमाडौं। नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाटै निष्काशन गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले नेता रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।

    एमाले उपमहासचिव प्रदीव ज्ञवालीका अनुसार रावलले पार्टीको निर्देशन नमानेर उल्टै पार्टीको हित विपरीत काम गर्दै आएकोले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरिएको हो ।

    ज्ञवालीले भन्नुभयो, ’पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो। ’

    उहाँले थप्नुभयो, ’रावललाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, त्यो जिम्मेवारी स्वीकार गर्नुभएन, त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरिएको हो।’


    बुधवार, पौष १० २०८१०६:५०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij