Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले जनताको हितमा काम गर्छ भने हाम्रो साथ पूरा रहन्छः सोमप्रसाद पाण्डे

सरकारले जनताको हितमा काम गर्छ भने हाम्रो साथ पूरा रहन्छः सोमप्रसाद पाण्डे

  • बुधवार, पौष १० २०८१

  • 582
    SHARES

  • सरकारले जनताको हितमा काम गर्छ भने हाम्रो साथ पूरा रहन्छः सोमप्रसाद पाण्डे

    काठमाडौं । नेकपा एसका सचिव सोमप्रसाद पाण्डेले वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने बताउनुभएको छ ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकार बलियो भएकाले चाहेमा विकासका हिसावले सिंगापुर, जापानजस्तो बनाउन सक्ने नेता पाण्डेको विश्वास रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका सचिव पाण्डेले सरकारले मुलुकको संवृद्धिको लागि बाटो बनाउन खोज्छ, जनताको हितमा काम गर्छ भने अहिले प्रतिपक्षमा रहेको आफ्नो पार्टी नेकपा एसले पूर्णरुपमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै संविधान संशोधनमा पनि आफूहरुको पूरा साथ र समर्थन रहने उहाँको भनाइ छ ।

    यस्तै नेता पाण्डेले ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतम छिट्टै नेकपा एसमा समाहित हुने बताउनुभएको छ ।

    गौतम सुरुदेखि नै नेकपा एसमा आउन चाहेको बताउँदै उहाँले केहि प्रस्तावहरु र सोचहरुमा सहमति भएर छिट्टै प्रवेश गर्ने स्पष्ट पार्नुभयो ।

    केहि दिन अगाडि मात्रै पनि नेकपा एसका अध्यक्ष माधव नेपाल र गौतमबीच भेटवार्ता भएको थियो । नेपा एसको हालै सम्पन्न स्थायी कमिटी बैठकमा ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई आफ्नो पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने विषयमा छलफल भएको छ ।

    गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।


    बुधवार, पौष १० २०८१०९:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij