Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा

रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा

  • मंगलवार, पौष ९ २०८१

  • 360
    SHARES

  • रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा जुटेको छ।

    कार्यवाहक प्रवक्ता मनिष झाले कानुनले गरेको व्यवस्थाबारे सांसद सोविता गौतम नेतृत्वको कानुन समितिले अध्ययन गरिरहेको भन्दै अध्ययनपछि के गर्ने भन्ने निर्णयमा पुगिने भएपनि अहिले कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो।

    सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

    उनीविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम सांसद पदबाट निलम्बन गर्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बन भएको सूचना सोमबार निकालेको छ ।

    यसअघि रास्वपा सांसदले लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।


    मंगलवार, पौष ९ २०८१०४:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij