Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु हुन्छ : गृहमन्त्री लेखक

केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु हुन्छ : गृहमन्त्री लेखक

  • मंगलवार, पौष ९ २०८१

  • 421
    SHARES

  • केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु हुन्छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताउनुभएकोछ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिनुभयो।

    ‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उहाँले भन्नुभयो ।

    गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताउनुभयो। ‘संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौं,’  ‘संविधानमा समासामयिक रूपले परिमार्जन गर्नेछौं।’

    कांग्रेस नेता समेत रहेका लेखकले संविधानको संशोधन केही पार्टीको निर्णयले मात्रै नहुने बताउनुभयो। ‘दुई वटै पार्टी मिलेर गरे पनि हुँदैन, हामी छलफल प्रारम्भ गर्दछौं, संविधानको समीक्षा र विषयवस्तुहरूको पहिचान गर्दछौं,’ उनले भने, ‘हामी चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।’
    संविधान संशोधनको क्रममा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने र पहिचान गरिएका विषयहरूमा सहमति गरेर मात्रै संविधान संशोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।


    मंगलवार, पौष ९ २०८१०२:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij