Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

  • सोमवार, पौष ८ २०८१

  • 610
    SHARES

  • रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
     
    सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । पार्टीको सचिवालय बैठक भर्चुअल बसेको हो । सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल गरेको पनि प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।
     
    लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।
     


    सोमवार, पौष ८ २०८१०७:२५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij