Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई सांसदबाट निलम्बन गरे रास्वपा अदालत जाने, कानुनअनुसार निर्णय गर्ने सभामुखको जवाफ

रवि लामिछानेलाई सांसदबाट निलम्बन गरे रास्वपा अदालत जाने, कानुनअनुसार निर्णय गर्ने सभामुखको जवाफ

  • सोमवार, पौष ८ २०८१

  • 493
    SHARES

  • रवि लामिछानेलाई सांसदबाट निलम्बन गरे रास्वपा अदालत जाने, कानुनअनुसार निर्णय गर्ने सभामुखको जवाफ

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदबाट निलम्बन गरिए अदालत जाने भएको छ । रास्वपाले यसबारेको जानकारी सभामुख देवराज घिमिरेलाई पनि आज गराएको छ ।

    आज बिहान सिंहदरबारस्थित कार्यालयमा सभामुख घिमिरेलाई भेटेर रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद गणेश पराजुली र सोबिता गौतमले लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने बताउनुभएको हो ।

    पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने र त्यसविरुद्ध पार्टी अदालतसम्म जाने जानकारी सभामुखलाई गराएको बताउनुभयो ।

    रास्वपा सांसदहरूको कुरा सुनेपछि सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताउनुभएको थियो ।


    सोमवार, पौष ८ २०८१०४:२२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij