काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकार बनेकै राजनीतिक स्थायित्वको लागि भएको बताउनुभएको छ ।
सरकारले केहि गरेन, सरकार असफल भयो भन्ने लगायत नकारात्मक सोच नै बदल्नुपर्नेमा जोड दिदै उहाँले सरकारले प्रतिवद्धता अनुसार नै काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले सरकारलाई असफल बनाउन विभिन्न तत्वहरु लगिपरेको बताउँदै आफू नेतृत्वमा हुँदा केहि नगरेका प्रतिपक्षले अहिले आरोप लगाउनु गलत भएको तर्क गर्नुभयो ।
यस्तै उहाँले वर्तमान सरकारमा कुनै पनि समस्या, अविश्वास र आशंका नदेखिएको दाबी गर्दै सरकार गठनका बेला सात बुँदामा भएका सहमति अनुसार नै अगाडि बढेको दाबी गर्नुभयो ।
यस्तै, सहकारी ठगी प्रकरणमा नेता विश्वकर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि पूर्वाग्रही नभएको स्पष्ट पार्नुभएको छ ।
रास्वपाका सभापति भनेर नभइ सहकारी ठग भनेर पक्राउ गरिएको र मुद्दा चलाइएकाले यसमा पार्टी, दल र व्यक्ति हेरेर नभइ कुसरका आधारमा कारवाही भइरहेको बताउनुभयो ।
सरकारले प्रतिशोध साध्यो, पूर्वाग्रही भयो भन्ने कुरालाई बढावा दिएर बहस गर्नुको कुनै तुक नभएको समेत नेता विश्वकर्माको भनाइ छ ।