Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने, संसद्लाई मुद्दा दायरको जानकारी गराइँदै

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने, संसद्लाई मुद्दा दायरको जानकारी गराइँदै

  • आइतवार, पौष ७ २०८१

  • 416
    SHARES

  • रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने, संसद्लाई मुद्दा दायरको जानकारी गराइँदै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताउनुभयो।

    ’सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वतः पद निलम्बनमा पर्छ ।

    ऐनको दफा–२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,’ काफ्लेले भन्नुभयो।अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारी सहितको पत्र पठाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा स्वतः निलम्बन हुने प्रबन्ध रहेको छ ।


    आइतवार, पौष ७ २०८१०५:४४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij