Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस–एमालेको संयन्त्र बन्छ : गगन थापा

संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस–एमालेको संयन्त्र बन्छ : गगन थापा

  • आइतवार, पौष ७ २०८१

  • 377
    SHARES

  • संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस–एमालेको संयन्त्र बन्छ :  गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनु भएको छ ।

    आइतबार काठमाडौंमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

    थापाले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताउनुभयो ।

    संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने उहाँको भनाई छ । यो संविधाने काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा नभएको थापाको भनाई छ ।

    माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्ने र दलहरुको बीचमा समझदारी बनाउने थापाको भनाई छ ।


    आइतवार, पौष ७ २०८१०२:४४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij