Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

‘सरकार आफ्नै कारणले केहीदिनमै ढल्छ’

‘सरकार आफ्नै कारणले केहीदिनमै ढल्छ’

  • आइतवार, पौष ७ २०८१

  • 966
    SHARES

  • ‘सरकार आफ्नै कारणले केहीदिनमै ढल्छ’

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले सरकारको आयु लामो नभएको दावी गरेको छ। माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले वर्तमान कांग्रेस एमालेको सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउनु भएको हो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा नेता पौडेलले देशको हितविरुद्ध आ आफ्नो स्वार्थका कारण बनेको वर्तमान सरकार आफ्नै कारणले केहिदिनमै ढल्ने निश्चित भएकोले अरु कसैले ढलाउनु नपर्ने बताउनुभयो ।

    नेता पौडेलले माओवादी आगामी निर्वाचनसम्मै प्रतिपक्षीमा रहने निधो गरिसकेकोले सरकार ढलाउने र उठाउने गरी देशलाई थप अस्थीरतामा धकेल्न नलाग्ने तर कसैले साथ खोजेमा दिन र सहकार्य गर्न भने तयार रहेको बताउनुभयो ।

    फरक प्रसङ्गगमा बोल्दै सरकारकै लापरबाहीले संक्रमणकालिन न्यायसम्बधी विषय थप अन्यौलमा धकेलिएको बताउनु भयो। सरकारले यो विषयमा आफ्नै मान्छे नियुक्त गर्न खोज्दा फेरी विवादित बनेको र शान्ति प्रक्रियालाई टुँगो लगाउने काम अन्तिममा पुगेर फेरी अन्यौलग्रस्त उहाँको तर्क थियो । यसले अन्तराष्ट्रिय स्तरमै नेपालको छवीमाथी नै प्रश्न उठाउने दाबी गर्नुभयो ।


    आइतवार, पौष ७ २०८१०७:२३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij