Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एक दलको बहुमत आउने गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : नेता कोइराला

एक दलको बहुमत आउने गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : नेता कोइराला

  • शनिवार, पौष ६ २०८१

  • 742
    SHARES

  • एक दलको बहुमत आउने गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : नेता कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको छ।

    नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको शनिबार धनगढीमा उद्घाटन गर्दै कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनको आवश्यकता रहेको बताउनुभएको छ।

    समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार जरुरी भएको उहाँले तर्क गर्नुभयो ।गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको अक्षरसः पालना गर्नुपर्ने बताउनुभयो।

    सहकारीपीडकहरूलाई पक्राउ गर्नुका साथै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो ।


    शनिवार, पौष ६ २०८१०७:४१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij