Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

  • शनिवार, पौष ६ २०८१

  • 447
    SHARES

  • परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको दाबी गर्नुभएको छ।

    नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताउनुभयो।

    उहाँले भन्नुभयो,“हामीलाई चाहिएको मानव जातिको सुख हो। हाम्रा मेहनतको ध्येय सुख पाउनु हो। ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ। ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन। मानिसमा शालिनता र विनम्रता चाहिन्छ। आफूभित्र घमण्ड हुनु हुँदैन।”

    मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो,“जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ। यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन। वातावरण जोगाउँन सिकाउँछ। यी प्रेरणाहरु मानव जातिका लागि आवश्यक छन्। समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।”

    विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गर्नुभयो ।

    जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवालाई सम्मानित गरिएको थियो ।

     


    शनिवार, पौष ६ २०८१०७:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij