Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र विष्णु पौडेलबीचको छलफलमा वामदेव गौतम पनि सहभागी

प्रधानमन्त्री ओली र विष्णु पौडेलबीचको छलफलमा वामदेव गौतम पनि सहभागी

  • आइतवार, कार्तिक ३० २०७७

  • 1.4K
    SHARES

  • प्रधानमन्त्री ओली र विष्णु पौडेलबीचको छलफलमा वामदेव गौतम पनि सहभागी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीचको भेटवार्तामा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी हुनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री ओली र अर्थ मन्त्री बिष्णु पौडेलबीच भइरहेको भेटवार्तामा उपाध्यक्ष गौतम पनि पुग्नुभएको हो ।

    पछिल्लो समय पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको विवाद चरम उत्कर्षमा पुगेका बेला ओलीले गौतमसँग पनि पार्टी विवादबारे छलफल गर्नुभएको हो ।

    पछिल्लो पटक बसेको सचिवालय बैठकमा प्रचण्डले एकल राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि ओली र प्रचण्ड पक्षबीचको विवाद जटिल मोडमा गएको हो ।


    आइतवार, कार्तिक ३० २०७७११:२०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij