Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

औद्योगिक क्षेत्रको विद्युत कटौतिले लोडसेडिङको हल्ला, नाफा कमाउन अनावश्यक हल्ला चलाएको कुलमानको आरोप (खासखबर)

औद्योगिक क्षेत्रको विद्युत कटौतिले लोडसेडिङको हल्ला, नाफा कमाउन अनावश्यक हल्ला चलाएको कुलमानको आरोप (खासखबर)

  • शुक्रवार, पौष ५ २०८१

  • 530
    SHARES

  • औद्योगिक क्षेत्रको विद्युत कटौतिले लोडसेडिङको हल्ला, नाफा कमाउन अनावश्यक हल्ला चलाएको कुलमानको आरोप (खासखबर)

    काठमाडौं। औद्योगिक क्षेत्रको विद्युत कटौतिले लोडसेडिङको हल्ला हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले आज यसबारे जवाफ दिएको छ । नेपालमा अहिले लोडसेडिङ नभएको र अब पनि लोडसेडिङ नहुने विद्युत् प्राधिकरणले जनाएको हो ।

    अहिले लोडसेडिङ नभएर प्राविधिक समस्या मात्र रहेको प्राधिकरणले दाबी गरेको छ। भारतबाट विद्युत आएन भने लोडसेडिङ हुने अवस्था अझै रहेको भन्दै टिप्पणी पनि हुन थालेको छ।

    अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको प्राधिकरणले दाबी गरेको छ। माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै समस्या समाधान हुने तर्क प्राधिकरणको छ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गर्नुहुन्छ । यो नकारात्मकतामा रमाउने जमातले लोडसेडिङको गलत हल्ला चलाएको दाबी उहाँको छ।

    कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको समेत आरोप लगाउनुहुन्छ।

    हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएको र त्यो नाफाको पैसा डेडिकेटेड ट्रंकलाइनको तिर्नुपर्दैन ? भन्दै घिसिङ प्रश्न गर्नुहुन्छ।

    अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो कार्यकारी निर्देशक घिसिङको भनाई छ। घिसिङ भन्नुहुन्छ, नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या मात्रै हो ।

    विद्युत् प्राधिकरणको यस्तो भनाई आइरहँदा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले लोडसेडिङ हुदैन भनेर ग्यारेन्टी गर्न नसक्ने दाबी गर्नुहुन्छ। भारतबाट विद्युत आएन भने लोडसेडिङ हुने अवस्था अझै रहने कार्कीको भनाई छ ।

    हामी आफ्नै उत्पादनले लोडसेडिङ मुक्त हुन सक्नुपर्नेमा कार्की जोड दिनुहुन्छ ।उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच डेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा पुगेको थियो ।

    अहिले फेरि उद्योगहरूमा लोडसेडिङ सुरू हुन लागेको भन्दै विवाद भएको छ । पछिल्लो समय लोडसेडिङमा प्राधिकरणले मनपरी गरिरहेको आरोप उद्योगीहरूले लगाइरहेका छन् ।


    शुक्रवार, पौष ५ २०८१०७:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij