काठमाडौं। मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि अन्तीम समयमा स्थगित गरिएको थियो । सोही बैठक आज बसेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
आजको बैठकमा कर्मचारी सरुवा लगायतका केहि महत्वपूर्ण निर्णयहरुसँगै मन्त्रालयगत नियमित एजेण्डाहरुमा छलफल जारी रहेको सचिवालयको भनाई छ।