Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

  • शुक्रवार, पौष ५ २०८१

  • 688
    SHARES

  • दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर गराइएको हो ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन्।

    यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए। तर उक्त निवेदन खारेज भएको थियो। सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।


    शुक्रवार, पौष ५ २०८१०२:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij