Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भ्रष्टचारमा मुछिएका र दोषि ठहरिएका जो सुकैलाई पनि कारबाही हुन्छ: रामहरि खतिवडा

भ्रष्टचारमा मुछिएका र दोषि ठहरिएका जो सुकैलाई पनि कारबाही हुन्छ: रामहरि खतिवडा

  • बिहिवार, पौष ४ २०८१

  • 882
    SHARES

  • भ्रष्टचारमा मुछिएका र दोषि ठहरिएका जो सुकैलाई पनि कारबाही हुन्छ: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टचारमा मुछिएका र दोषि ठहरिएकालाई आफ्नो र अर्काको नभनेर निष्पक्ष रुपमा छानविन गर्ने बताउनुभएको छ ।

    सहकारी पीडितहरुलाई न्याय दिन र ठगीमा नाम जोडिएका, दोषि मानिएका सबैलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले सत्तापक्ष कै नेता मन्त्री भए पनि प्रमाण र तथ्यका आधारमा यदि दोषी देखिन्छन् भने उनिहरुलाई कानुन अनुसार कारवाही हुने कुरामा शंका नगर्न उहाँको आग्रह छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि राजनीतिक पूर्वाग्रही नभएको दाबी गर्दै उहाँले कानुन अनुसार उहाँमाथि छानविन र कारबाहि भइरहेको स्पष्ट पार्नुभयो । जस्ले बदमासी गर्छ तयो सजायको भागिदार हुनै पर्ने उहाँको तर्क छ ।

    यस्तै, वर्तमान सरकार आगामी निर्वाचन सम्मै रहने नेता खतिवडाको भनाइ छ । खतिवडाले कांग्रेस एमालेको गठबन्धन देश र जनताको लागि बनेकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने र गरिरहेकोसमेत दााबी गर्नुभएको छ ।


    बिहिवार, पौष ४ २०८१०९:३२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij