Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकार फेरवदलको बिषय अनावश्यक चर्चामा, अस्थिरताको सन्देश दिन खोजेको सरकारको जिकीर (खासखबर)

सरकार फेरवदलको बिषय अनावश्यक चर्चामा, अस्थिरताको सन्देश दिन खोजेको सरकारको जिकीर (खासखबर)

  • बुधवार, पौष ३ २०८१

  • 682
    SHARES

  • सरकार फेरवदलको बिषय अनावश्यक चर्चामा, अस्थिरताको सन्देश दिन खोजेको सरकारको जिकीर (खासखबर)

    काठमाडौं। संसदको पहिलो ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ सरकार बनेको भर्खरै पाँच महिना मात्र पुगेको छ ।
    तर सरकार धेरै समय टिक्दैन । कति समय टिक्ला र ? बीआरआईका कारणले ढल्छ । अन्य कारणले पनि ढल्छ भनेर विपक्षी दलले दिनहुँ भनिरहेका छन् ।भारतीय गुप्तचर संस्था ‘रअ’का एकजना पूर्व एजेन्टले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेको खवर पनि यो बिचमा आयो ।

    सरकारले भने सरकार ढल्दैन र मन्त्री पनि परिवर्तन हुँदैन, ढल्ने कुनै कारण छैन भनेर दिनहँु स्पष्टिकरण दिनु परिरहेको छ । कांग्रेस र एमाले असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार नै अघि बढेको र गठबन्धनमा कुनै पनि समस्याहरू नआएको सरकारले दाबी गरिरहेको छ ।

    आखिर किन यस्ता खालका टिकाटिप्पणी बाहिर आईरहेका छन् त ? विपक्षी दलले पनि कहिले सरकार परिवर्तन होला र फेरि पालो हाम्रो आउला कि भनेर च्याखे थाप्ने काम जस्तो भईरहेको छ । पूर्वमन्त्री महेन्द्र राय यादवले यो सरकार आफ्नै स्वार्थले बनेको र आफ्नै कारणले ढल्ने दाबी गर्नुहुन्छ ।

    सरकार र सत्तापक्षका नेताहरुलाई सरकार कति टिक्छ ? भन्ने प्रश्नको सामना दिनहँु गरिरहनु परेको छ । यसै बिषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्तमान सरकार ढल्दैन भन्दै जवाफ दिनुपर्यो । सरकार अहिले ढल्छ , भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् । तर धारे हात लगाउदैमा सरकार नढल्ने भन्दै प्रधानमन्त्री ओलीले सो जवाफ दिनुभएको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताेला पनि वर्तमान गठबन्धनमा कुनै पनि समस्या नभएको बताउनुहुन्छ । यो सरकारको म्याद हरेक दिन किन सोधिन्छ भन्दै उहाँले प्रश्न गर्नुहुन्छ । गठवन्धन भन्दा पनि सत्ता सहयात्रा भएको बर्तौलाको भनाई छ ।

    सहमति अनुसार अहिलेको सरकार २०८४ सालसम्मै रहने सत्तापक्षले दाबी गरिरहको छ । गृहमन्त्री रमेश लेखकले अहिले सरकार र मन्त्री परिवर्तन नहुने बताउनुहुन्छ । सरकार र मन्त्रीहरू परिवर्तन हुने भन्ने हल्लाले अस्थिरताको सन्देश दिन खोजेको तर्क उहाँको छ ।

    नेपालमा सरकार बन्न पाएको हुँदैन, सरकार फेरिन्छ भन्ने हल्ला चलाउने प्रचलन पनि बनिसकेको छ । एउटै दलको बहुमत आउने बलियो परिस्थिति नहुँदा राजनीतिक स्थिरता हुन नसकेको हो ।

    जनतामा निराशा छ । सरकार परिवर्तनले मात्र आम जनताका समस्या समाधान हुने होईन त्यसैले सरकारले जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु जरुरी छ ।


    बुधवार, पौष ३ २०८१०८:०७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij