Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पर्यटन बोर्डद्वारा विभिन्न देशका प्रस्तावित राजदूतहरुसँग अन्तरक्रिया

पर्यटन बोर्डद्वारा विभिन्न देशका प्रस्तावित राजदूतहरुसँग अन्तरक्रिया

बोर्ड र दुतावास बीचको सहकार्यबाट पर्यटन प्रर्वद्धन गर्न सकिनेमा जोड
  • बुधवार, पौष ३ २०८१

  • 625
    SHARES

  • पर्यटन बोर्डद्वारा विभिन्न देशका प्रस्तावित राजदूतहरुसँग अन्तरक्रिया

    काठमाडौं । नेपाल पर्यटन बोर्डले विभिन्न देशका प्रस्तावित नेपाली राजदूतहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

    नेपाली पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न दूतावास,बोर्ड र पर्यटन व्यवसायीहरु वीच प्रभावकारी सहकार्य र समन्वय गर्ने उपायहरुका बारेमा छलफल तथा विचार आदानप्रदान गर्ने मुख्य उदेश्यकासाथ बुधबार नेपाल पर्यटन बोर्डमा सो अन्तरक्रिया आयोजना गरिएको हो ।

    अन्तरक्रियामा विभिन्न देशका प्रस्तावित राजदूतहरुले बोर्ड र दुतावासहरु बीचको सहकार्यबाट नेपालको पर्यटन प्रर्वद्धन गर्न सकिनेमा जोड दिनुभएको छ ।

    उहाँहरुले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र साहसिक पर्यटनका अवसरहरूबारे आफुहरुले भरमग्दूर प्रयास गर्ने भन्दै नेपाल प्रर्वद्धनको आवश्यक सहकार्यका लागि बोर्डको साथ आवश्यक भएको बताउनु भयो ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डले दुतावासको लागि आवश्यक प्रवर्द्धनात्मक सामग्री तथा विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्ने बताउनु भयो । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल)ले नेपाललाई अल सिजन डेस्टिनेशनका रुपमा प्रचार गर्न सके पर्यटक आगमन बढाउन सकिने भन्दै राजदुतहरुबाट सो अपेक्षा गरिएको बताउनु भयो ।

    सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल पर्यटन बोर्डका गतिविधिबारे जानकारी गराउँदै आवश्यक सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्मा,(भारत), प्रा.डा.कपिल श्रेष्ठ (दक्षिण अफ्रिका), चित्रलेखा यादव,(अष्ट्रलिया), सम्निमा तुलाधर (डेनमार्र्क), सेवा लम्साल (बेल्जियम तथा युरोपियन युनियन), नेत्रप्रसाद तिमिल्सेना (मलेशिया), जंग बहादुर चौहान (रसिया),सनिल नेपाल (स्पेन),पूणर् बहादुर नेपाली (श्रीलंका), प्रकाशमणी पौडेल (पोर्चुगल) लगायतले धारणा राख्दै पर्यटन आर्थिक आर्थिक कुटनीतिको महत्वपूर्ण क्षेत्र भएकोले नेपाल र नेपालीको हितका लागि आफूहरु काम गर्न प्रतिवद्ध रहेको धाररणा राख्नु भयो । यस्तै कार्यक्रममा होटल एशोसिएसन नेपाल (हान), प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा), स्कल इन्टरनेशनल, नेपाल राफ्टिङ एजेन्सिज (नारा),सोसाइटी अफ ट्रावल एण्ड टुरिजम अपरेटर्स नेपाल (सोट्टो) टुरिजम सिस्टरहुड अर्गनाइजेशन लगायतका संस्थाका अध्यक्षहरुको सहभागीता थियो ।


    बुधवार, पौष ३ २०८१०६:०५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij