Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भीडले कहिल्यैपनि न्याय दिन सक्दैन : गृहमन्त्री लेखक

भीडले कहिल्यैपनि न्याय दिन सक्दैन : गृहमन्त्री लेखक

  • बुधवार, पौष ३ २०८१

  • 394
    SHARES

  • भीडले कहिल्यैपनि न्याय दिन सक्दैन : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले भीडले कहिलै पनि न्याय दिन नसक्ने दाबी गर्नुभएको छ। नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले शासनसत्ता भीडले नभई कानुनले चल्ने भन्दै उहाँले हरेक कुराको न्याय र अन्याय छुट्याउनका लागि अदालत रहेको समेत स्पष्ट पार्नुभयो ।

    उहाँले अदालतमा भैरहेको अनुसन्धान प्रकृयालाइ बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी दिँदै सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताउनुभयो। लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने धारणा राख्नुभयो ।

    उहाँले पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ ।

    समाजमा अराजकता फैलाउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने उहाँको कथन छ। संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने गृहमन्त्री लेखकको दाबी छ ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।

    जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उहाको भनाइ छ ।

    गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर समेत गर्नुभयो ।

    संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसुस भएकाले जनचाहना अनुसार काम हुन उहाले बताउनुभयो ।


    बुधवार, पौष ३ २०८१०१:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij