Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र युएईका राजदूत शम्सीबिच भेटवार्ता

प्रधानमन्त्री र युएईका राजदूत शम्सीबिच भेटवार्ता

  • बुधवार, पौष ३ २०८१

  • 461
    SHARES

  • प्रधानमन्त्री र युएईका राजदूत शम्सीबिच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।

    त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो।

    साथै उहाँहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवर्धनबारे पनि छलफल भएको थियो।

     


    बुधवार, पौष ३ २०८१०१:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij