Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसदको हिउँदे अधिवेशनबारे सरकार अन्यौलमा,विशेष अधिवेशन बोलाउने प्रतिपक्षीको चेतावनी (खासखर)

संसदको हिउँदे अधिवेशनबारे सरकार अन्यौलमा,विशेष अधिवेशन बोलाउने प्रतिपक्षीको चेतावनी (खासखर)

  • मंगलवार, पौष २ २०८१

  • 617
    SHARES

  • संसदको हिउँदे अधिवेशनबारे सरकार अन्यौलमा,विशेष अधिवेशन बोलाउने प्रतिपक्षीको चेतावनी (खासखर)

    काठमाडौं। सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी अझै सुरु गरेको छैन। बर्खे अधिवेशन भदौ ३१ मा सकिएको थियो । तीन महिना बितिसक्दा पनि संसद्को हिउँदे अधिवेशन सुरु हुन नसकेको हो।

    हुन त यस अघिका बर्षहरुमा पनि पुस महिनाभित्र हिउँदे अधिवेशन बोलाउने चलन थियो। यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले अधिवेशन धकेल्न लागेको आरोप लगाएको छ।

    केहि दिन पहिले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताउनु भएको थियो।

    यता, सत्तारूढ दलका नेताहरूले संसदको अधिवेशनलाई धकेल्न लागिएको भन्ने प्रतिपक्षीको टिप्पणीलाई खण्डन गरेका छन्। हिउँदे अधिवेशन बोलाउने बिषयलाई “अनावश्यक हल्ला “भन्दै टिप्पणी गरेका हुन् ।

    नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले हिउँदे अधिवेशन ढिला भएको भन्नु प्रचार मात्र भएको बताउनुहुन्छ। अधिवेशन पुसको अन्तिममा सुरु हुने विगतको अभ्यास भएको टिप्पणी उहाँको छ।संसद सचिवालयले हिउँदे अधिवेशन बोलाउने विषयमा अहिलेसम्म कुनै औपचारिक जानकारी नपाएको जनाएको छ।

    संसदको हिउँदे अधिवेशन बोलाउनेबारे संघीय संसदका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले अहिले सम्म कुनै औपचारिक सूचना नआएको र छलफल नभएको बताउनुहुन्छ। पुसको तेस्रो हप्तासम्म बैठक आव्हान हुनुपर्ने आफुहरुको बुझाई रहेको उहाँको भनाई छ ।

    सहायक प्रवक्ता कोइरालाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले केहि सरकारी महत्वपुर्ण विधेयक समितिमा छलफलको क्रममा रहेको र केहि पास भईसकेको अवस्थामा अव अधिवेशन आव्हान हुुनुपर्नेमा जोड दिनुहुन्छ ।

    संसद्‍को बर्खे अधिवेशन तीन महिनाअघि टुङ्गिएको थियो। हिउँदे अधिवेशन प्रायः कानुन बनाउने काममा केन्द्रित हुन्छ। सरकारले अधिवेशन बोलाए पनि संसदलाई दिने बिजनेसका विषयमा भने अन्योलता देखिएको छ ।

    संसदीय समितिबाट संसदमा लैजाने विधेयक तयार भएको छैन । पहिला १५ पुसभित्र अधिवेशन बोलाउने भनिए पनि संसदलाई दिने बिजनेस कम हुन सक्ने भएपछि अधिवेशन बोलाउने समय केही दिन पर धकेलिन लागेको बताईएको छ ।


    मंगलवार, पौष २ २०८१०८:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij