Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणः ऋषिकेश पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी प्रकरणः ऋषिकेश पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • मंगलवार, पौष २ २०८१

  • 631
    SHARES

  • सहकारी प्रकरणः ऋषिकेश पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। मोरङको उमा–गौरी सहकारीको रकम अपचलन प्रकरणमा संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    मोरङ जिल्ला अदालतले धनपालथान गाउँपालिका–३ मा रहेको उक्त सहकारीको रकम अपचलनमा आज उनिहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

    प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

    इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।


    मंगलवार, पौष २ २०८१०७:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij