Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

  • मंगलवार, पौष २ २०८१

  • 567
    SHARES

  • रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गत कात्तिक २ गते पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।

    प्रहरीले हिजो सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले पुस ५ मा उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ ।

    अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा रवीसँगै पूर्व डीआईजी छविलाल जोशीसहित ५ जना हाल थुनामा छन् ।

     


    मंगलवार, पौष २ २०८१०१:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij