Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेतृ तथा पूर्वसांसद न्यौपानेलाई पतिशोक

कांग्रेस नेतृ तथा पूर्वसांसद न्यौपानेलाई पतिशोक

  • आइतवार, कार्तिक ३० २०७७

  • 1.0K
    SHARES

  • कांग्रेस नेतृ तथा पूर्वसांसद न्यौपानेलाई पतिशोक

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व सांसद ईश्वरी न्यौपानलाई पति शोक परेको छ । उहाँका पति कैलाली निवासी लक्ष्यबहादुर न्यौपानेको ६५ वर्षको उमेरमा नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको हो ।

    कैलालीको टीकापुरस्थित निवासमा रहेकै बेला असहज महसुस गरेपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो । न्यौपानेलाई कोरोना संक्रमण पनि पुष्टि भएको अस्पतालले जनाएको छ । कांग्रेसको महासमिति सदस्य समेत रहेका स्व. न्यौपाने तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) दाङका सचिव हुनुभएको थियो ।

    स्व.न्यौपानेको जन्म दाङ जिल्लाको हापुरमा भएपनि कृषि व्यवसायका लागि उहाँ कैलालीको टीकापुरमा बसोबास गर्दै आउनु भएको थियो ।
    स्व. न्यौपानेका पत्नी, दुई छोरा र एक छोरी छन् । स्व. न्यौपानेकी पत्नी ईश्वरी न्यौपाने नेपाली कांग्रेस महिला विभागको प्रमुख समेत हुनुहुन्छ ।

    कांग्रेसमा सक्रिय योगदान दिँदै आउनु भएका न्यौपानेको निधनले परिवारजन र पार्टीलाई ठूलो क्षति भएको भन्दै आफन्त तथा पार्टी नेता कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् ।


    आइतवार, कार्तिक ३० २०७७०९:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij