Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट खारेज, भवन बनाउने बाटो खुल्यो

मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट खारेज, भवन बनाउने बाटो खुल्यो

  • सोमवार, पौष १ २०८१

  • 698
    SHARES

  • मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट खारेज, भवन बनाउने बाटो खुल्यो
    काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै एमालेलाई  पार्टी कार्यालयको भवन निर्माणको कार्य अघि बढाउन बाटो खुलेको छ ।
     
    यसअघि कार्त्तिक १२  गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।
     
    व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो ।
     
    भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए । गुरुङ दम्पतीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसक्नुभएको छ ।
     
    भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसबापत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत अभियोग लागेका व्यक्तिबाट जग्गा लिन नहुने भन्दै विरोध गरेका थिए । सर्वोच्चको यो फैसलापछि एमालेलाई कानुनी रुपमा जग्गा ग्रहण गर्न र त्यहाँ भवन बनाउन कुनै अड्चन हुने छैन ।
     


    सोमवार, पौष १ २०८१०६:४५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij