Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा अनुसन्धान

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा अनुसन्धान

  • सोमवार, पौष १ २०८१

  • 815
    SHARES

  • प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा अनुसन्धान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ ।

    गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।

    प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन र प्रमाणका आधारमा कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारेमा अध्यायन र निर्क्यौल हुनै बाँकी रहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बताएको छ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नता रहेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको बेलामा सहकारीबाट पैसा लानमा भूमिका निर्वाह गरेको र सो पैसा अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ ।

    लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ पनि हिरासतमा नै छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइ प्रहरीले प्रतिवेदन पेश गरेको हो । सो कसुरका मुख्य नाइके भनिएको गितेन्द्रबाबु राई भने फरार छन् ।


    सोमवार, पौष १ २०८१०२:२९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij