Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनपीएलः कर्णालीमाथी सुदूरपश्चिम ६ विकेटले विजयी

एनपीएलः कर्णालीमाथी सुदूरपश्चिम ६ विकेटले विजयी

  • सोमवार, पौष १ २०८१

  • 618
    SHARES

  • एनपीएलः कर्णालीमाथी सुदूरपश्चिम ६ विकेटले विजयी

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजीत गरेको छ । यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ ।

    पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्न सफल भएको छ । अब उसले क्वालिफायर २ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    सुदूरविरुद्ध कर्णालीले कम्तीमा पनि १२ रनको जित आफ्नो पक्षमा पारेर १० अंक जोडेको अवस्थामा जनकपुरले चितवन राइनोजसँग इलिमिनेटर खेल्ने थियो । तर सुदूरविरुद्धको नतिजा आफ्नो पक्षमा पार्न नसकेको कर्णालीले क्वालिफायर २ पुग्न चितवनसँग भिड्नुपर्ने छ।

    यता क्वालिफायर १ भिडन्तमा बाजी मार्ने सुदूरपश्चिम र जनकपुरमध्ये एक सिधै फाइनलमा उपाधि भिडन्तका लागि पुग्नेछ।पराजित हुनेले इलिमिनेटरको विजेताविरुद्ध फाइनलका लागि खेल्नुपर्ने छ।

    यता सोमबारको खेलमा सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८/३८ रनको योगदान दिए ।साइफ जाइबले ११ रनको योगदान दिए। उता कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १/१ विकेट झार्न सफल भए ।

    यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो।

    कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए । सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिएका थिए ।

     


    सोमवार, पौष १ २०८११२:२७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij