काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का नेता तथा पुर्वमन्त्री महेन्द्रराय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी अन्तिममा पुगेको बताउनुभएको छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहनु भएका नेता यादवले यस्तो बताउनुभएको हो।
उहाँले माओवादी केन्द्रसँग तिन बुँदे लिखित सहमति भइसकेकोले महाधिवेशनबाट नामको टुङगो लगाउने गरी छिट्टै पार्टी एकताको प्रक्रिया टुँग्याउने गरी अगाडी बढेको बताउनु भयो।
महाधिवेशन पछी नेकपा माओवादी केन्द्रले नाम परिवर्तन गर्ने र कम्युनिष्ट पार्टी समाजवादी नाम राख्ने गरी सहमती गरिएको बताउनुभयो।
माओवादी केन्द्रले पनि मधेसको मुद्धामा केन्द्रित हुने सहमती गरेको हुनाले पार्टी गर्न लागिएको उहाँको भनाई छ। पार्टी एकता पछी मधेस आन्दनेलन, जनजाति,थारु, आदीवासि सबैको मुद्धा एकैसाथ समाधान गरिने जिकिर गर्नुभयो ।