Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ : डा. भट्टराई

प्रधानमन्त्री छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ : डा. भट्टराई

  • सोमवार, पौष १ २०८१

  • 494
    SHARES

  • प्रधानमन्त्री छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ : डा. भट्टराई

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा.राजन भट्टराईले वर्तमान कांग्रेस एमालेको गठबन्धन सरकारले नेपाली राजनितिमा स्थीरता प्रदान गर्ने दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा नेता भट्टराईले अहिलेको गठबन्धन सरकार जनता केन्द्रित रहेकोले देशमा राजनैतिक स्थीरता दिने दाबी गर्नुभएको हो।

    एमालेको बाग्मति प्रदेश इन्चार्जसमेत रहनुभएका नेता भट्टराईले वर्तमान सरकारको मुल उदेश्य भनेकै जनता र मुलुकले भोग्दै आएका समस्या समाधान गरि नेपाली राजनितिमा स्थिरता प्रदान गर्नु रहेको बताउनुभयो।

    सरकारले सशस्त्र द्वन्दका समयमा बेपत्ता पारिएका व्यक्ति र परिवारसँगै द्धन्द्ध पिडितको न्यायका लागी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी छिट्टै नियुक्त हुने र पीडितले न्याय पाउने दाबी गर्नुभयो ।

    फरक प्रसङ्गमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलिलाई छिमेकी देश भारतबाट भ्रमणको निमन्त्रणा आइसकेको बताउनुभयो । अब छिट्टै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारी रहेको समेत नेता भटराईले जानकारी दिनुभयो।


    सोमवार, पौष १ २०८१०९:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij