Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

  • सोमवार, पौष १ २०८१

  • 646
    SHARES

  • पेट्रोलको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धी गरेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। निगमले गएरातिदेखि लागु हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

    जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी दिएको छ ।

    निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ ।

    यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।

     


    सोमवार, पौष १ २०८१०६:५५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij