Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पत्रकार महासंघले पायो पहिलोपटक महिला नेतृत्व, अन्य पदमा कसले कति मत ल्याए ?

पत्रकार महासंघले पायो पहिलोपटक महिला नेतृत्व, अन्य पदमा कसले कति मत ल्याए ?

  • सोमवार, पौष १ २०८१

  • 649
    SHARES

  • पत्रकार महासंघले पायो पहिलोपटक महिला नेतृत्व, अन्य पदमा कसले कति मत ल्याए ?

    काठमाडौं। नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । गत मंसिर २८ मा भएको निर्वाचनको हिजो सम्पन्न मत गणनाबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएपछी महासंघले पहिलोपटक महिला नेतृत्व पाएको हो ।

    शर्मा कांग्रेसनिकट प्रेस युनियन र र एमाले निकट प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो। अध्यक्ष पदका लागि युनियनकै वागी उम्मेदवार रमेश विष्टलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए।

    अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिनु भएको थियो । मतगणना सकिएपछी गएराति सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित शर्माले ४ हजार २८२ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी विष्टले ३ हजार २०३, सापकोटाले २७० र लामाले ९६ मत ल्याउनुभयो।

    महासंघको पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै युनियन र सेन्टरको गठबन्धनका उम्मेदवारले जितेका छन्। वरिष्ट उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मत ल्याएर विजयी हुँदा रोसन पुरीले २ हजार ८८६ र गोविन्दप्रसाद चौलागाइँले ५४८ मत ल्याउनुभयो ।

    महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मत ल्याएर विजयी हुँदा गंगा पौडेलले २ हजार ६४४ मत ल्याउनुभयो। समावेशीतर्फको उपाध्यक्षमा उमिदप्रसाद बागचन्द ४ हजार २९२ मत ल्याएर विजयी हुनुभयो।

    महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत ल्याएर विजयी हुँदा लेखनाथ न्यौपानेले १ हजार ९२९, जन्मदेव जैसीले १ हजार १५८, प्रकाश थापाले ४८८ मत ल्याउनुभयो।

    कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीले ३ हजार ८४७ मत ल्याउँदा रामकृष्ण ज्ञवाली ३ हजार ४६४ मत ल्याउनुभयो। अरू सबै पदाधिकारीमा युनियन र सेन्टरको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

    अध्यक्षसहित विभिन्न पदमा १२४ को उम्मेदवारी परेकोमा ५२ जना निर्वाचित भएका छन्। यीमध्ये ३ पद निर्विरोध हुँदा ४९ पदमा मंसिर २८ गते भएको चुनावबाट निर्वाचित भएका हुन्। मतगणना सकिएपछि गएराति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।

     


    सोमवार, पौष १ २०८१०६:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij