Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रविमाथि निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

रविमाथि निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

  • आइतवार, मंसिर ३० २०८१

  • 476
    SHARES

  • रविमाथि निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथिको अनुसन्धान प्राभावित हुने गरी जथाभावी नबोल्न जिम्मेवार दलका नेतालाई आग्रह गर्नुभएको छ ।

    केही दिन अगाडि चितवनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले लामिछानेमाथि प्रतिशोध राखेको भनी गरेको टिप्पणी गलत भएको भन्दै मन्त्री लेखकले उनीमाथि कानुनी हिसाबले अनुसन्धान भइरहेको बताउनुभयो।

    कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै लामिछानेलाई रातरात चितवनबाट पोखरा लगिएकोमा आपत्ति जनाउँदै अमानवीय व्यवहार भएको बताउनुभएको थियो। यस्ता अभिव्यक्तिले अनुसन्धानलाई प्रभावित बनाउन खोजिएको उहाँको भनाइ छ।

    नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले जथाभावी नबोल्न आग्रह गर्नुभएकोहो ।

    लामिछानेमाथि कुनै अमानवीय व्यवहार नभएको स्पष्ट पार्दै अदालतलाई प्रभावित बनाउन गलत हल्ला फिजाएको भन्दै न्यायिक प्रक्रिया प्रभावित हुनेगरी नबोल्न सुझाव दिनुभयो। प्रतिशोध नभई निष्पक्ष अनुसन्धान भइरहेको उहाँको भनाइ छ।


    आइतवार, मंसिर ३० २०८१०१:१३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij