Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारले सामाजिक सञ्जाल नियमन गर्दै

सरकारले सामाजिक सञ्जाल नियमन गर्दै

  • शनिवार, मंसिर २९ २०८१

  • 472
    SHARES

  • सरकारले सामाजिक सञ्जाल नियमन गर्दै

    काठमाडौं। सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जाललाई नियमन गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’आफहरू कडा नियमनको तयारीमा जुटेको बताउनु भयो।

    आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारणसभा एवं सातौँ महासभामा मन्त्री गुरुङले अहिलेको अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जाल नियमन गर्न जरुरी देखिएको बताउनुभयो।

    उहाँले सामाजिक सञ्जाल सञ्चालन तथा नियमन ऐन ड्राफ्ट भइसकेको र संसद् खुल्न बित्तिकै पेस गर्ने मन्त्री गुरुङले बताउनुभयो। आफूले यस ऐनलाई अध्यादेशबाट भए पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँको भनाइ छ ।

    यस्तै मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनुभयो। उहाँले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताउनुभयो ।


    शनिवार, मंसिर २९ २०८१०७:३७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij