काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पढाइ र प्रमाणपत्रले मात्र मान्छेको मूल्याङ्कन हुन नसक्ने बताउनुभएको छ।
काठमाडौं विश्वविद्यालय (केयु) को ३० औ दीक्षान्त समारोहमा आज सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका अध्यक्ष ओलीले सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मान्छेलाई पढाइ, प्रमाणपत्रको साथै उसको बोली, व्यबहार, आचरणले चिनाउने बताउनुभयो। पढाइ, प्रमाणपत्र भएर मात्रै ऊ राम्रो मान्छे बन्ने हैन, राम्रो मान्छे हुनका लागि उसको बोली, व्यबहार र आचरण राम्रो हुन जरुरी छ, यस्तो मान्छे सबैको प्रिय बन्दछ उहाँले भन्नुभयो, “विद्यार्थीले यो कुरामा ख्याल गर्नुपर्छ ।”
उहाँले विद्यार्थीले विश्वविद्यालयको प्रतीष्ठा र मर्यादा माथि जानेगरी आफुले प्राप्त गरेको बिज्ञतालाई कार्य क्षेत्रमा प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो ।