Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिबारे अहिलेसम्म कुनै काम हुन नसकेको प्रतिपक्षीको आरोप, सरकार कमजोर साबित हुँदै गएको टिप्पणी (खास खबर)

कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिबारे अहिलेसम्म कुनै काम हुन नसकेको प्रतिपक्षीको आरोप, सरकार कमजोर साबित हुँदै गएको टिप्पणी (खास खबर)

  • शुक्रवार, मंसिर २८ २०८१

  • 587
    SHARES

  • कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिबारे अहिलेसम्म कुनै काम हुन नसकेको प्रतिपक्षीको आरोप, सरकार कमजोर साबित हुँदै गएको टिप्पणी (खास खबर)
    काठमाडौं । वर्तमान सरकार गठन हुनुअघि संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच गठबन्धन सरकार निर्माणको औचित्यता पुष्टि गर्नका लागि सात बुँदे सहमति भएको थियो । 
     
    निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न भन्दै कांग्रेस र एमालेले सात बुँदे सहमति गरेका थिए । 
     
    सरकार बन्नु अगाडि दुई दलबीच भएको सहमति अनुसार नागरिकका निराशा चिर्ने गरी किन काम सुरु हुन सकेन ? अव प्रश्न उठ्न थालेको छ । 
     
    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले वर्तमान सरकार आम जनताको बीचमा कमजोर साबित हुँदै गएको टिप्पणी गर्नुहुन्छ ।
     
    कांग्रेस–एमाले गठबन्धन सरकारले पुरातन र असफल प्रतिनिधिको रुपमा काम गरिरहेको तर्क उहाँको छ । 
    कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको बारेमा अहिलेसम्म कुनै काम नै हुन नसकेको भन्दै नेता प्रधानले प्रश्न उठाउनु भएको छ । संविधान संशोधन के विषयमा गर्ने त्यो पनि  सरकारले देखाउन नसकेको उहाँको भनाई छ ।
     
    कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले देश र जनताका लागि केही गर्न नसकेको, जनतामा आश्वासन मात्रै बाँड्ने काम गरेको र चुनावदेखि चुनावसम्मको राजनीति गरेको प्रतिपक्षीले आरोप लगाइरहेको छ । 
     
    आरोप आइरहँदा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार बाँकी तिनै वर्ष आरामले चल्ने र सात बुँदे सहमति पूर्ण रूपले लागू हुने दाबी गर्नुहुन्छ । 
     
    संविधान संशोधन जटिल विषय भएकाले यही सरकारले गर्छ कि गर्दैन भन्नेबारे अहिले भन्न नसके पनि आगामी निर्वाचनको एजेन्डा बन्न सक्ने तर्क उहाँको छ । 
     
    सरकार गठन हुनुअघि भएका बाचा पुरा गर्नु सरकारको दायित्व हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी नागरिकमा चरम निराशा उत्पन्न भएको बताउनुहुन्छ । नेपालमा ईमान्दार नेतृत्वको कमी रहेको तर्क उहाँको छ ।
     
    सरकारप्रतिको आशा र अपेक्षाहरूको परिपूर्तिका लागि पाँच महिनाको समय पर्याप्त भने होइन तर सरकारका कामकारबाहीहरू जनपक्षीय कामतिर केन्द्रित भने हुनुपर्छ । 
     
    नागरिक तहबाट उठ्ने गुनासाहरूलाई स्वाभाविक रूपमा ग्रहण गर्दै आगामी दिनहरूमा सरकारका काम कारबाहीहरूलाई तीव्र गतिमा अघि बढाउन सरकारले गतिविधिहरूको समीक्षा गर्न आवश्यक छ ।
     
     


    शुक्रवार, मंसिर २८ २०८१०८:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij