काठमाडौं । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।
बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरूप बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।