Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाल्पालाई चलचित्र नगरीको रुपमा विकास गर्नुपर्नेमा जोड

पाल्पालाई चलचित्र नगरीको रुपमा विकास गर्नुपर्नेमा जोड

  • शनिवार, कार्तिक २९ २०७७

  • 1.5K
    SHARES

  • पाल्पालाई चलचित्र नगरीको रुपमा विकास गर्नुपर्नेमा जोड

    काठमाडौं । पाल्पालाई चलचित्र नगरी (फिल्म सुटिङ क्षेत्र)को रुपमा विकास गर्न सकिने सम्भावनाबारे काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक प्रदेशमा एउटा फिल्म सेन्टरको रुपमा कम्तीमा एक क्षेत्रलाई विकास गर्ने सरकारको लक्ष्य रहेको सन्दर्भमा पाल्पाको सम्भावनाका बारेमा छलफल आयोजना गरिएको हो ।

    अन्तरक्रियामा सहभागीहरुले पाल्पा ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक शौन्दर्यताले भरिपूर्ण हुनका साथै लुम्विनी प्रदेशकै सबैभन्दा धनी जिल्ला भएकाले चलचित्र नगरी बन्नसक्ने सम्भावना औँल्याए ।

    कार्यक्रममा फिल्म निर्देशक नारायण रायमाझी, कलाकारहरु धीरेन शाक्य , शर्मिला मल्ल, फिल्म उत्पादक चिजकुमार श्रेष्ठ र सर्जुमान लिगल, पाल्पाली संगमका पूर्वअध्यक्ष अशोक महर्जनलगायतले पाल्पामै फिल्म नगरी विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले तिहारलगत्तै पाल्पामा फिल्म नगरी स्थापना गर्नेबारे अध्ययन गर्न पाल्पाली संगम र तानसेन गुठीले चलचित्र विकास बोर्डसमक्ष लिखित अनुरोध गर्ने जानकारी दिनुभयो ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म नगरीका लागि पाल्पाको सम्भावना रहेको बताउँदै तिहारपछि सम्भावनाको अध्ययन प्रारम्भ गरिने र त्यसका लागि टोली खटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     


    शनिवार, कार्तिक २९ २०७७०६:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij