Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

  • बिहिवार, मंसिर २७ २०८१

  • 740
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
     
    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजे  बस्ने छ ।
     
    नेताहरूले बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुने बताएका छन् ।
     
    पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।
     
    यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद् बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।
     
    यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरू बताउँछन् ।


    बिहिवार, मंसिर २७ २०८१०२:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij