Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरण र रवि लामिछानेको बिषयमा अनावश्यक तर्क, वितर्क, सरकारले देख्यो अनुसन्धान नै प्रभावित हुने जोखिम (खासखबर)

सहकारी प्रकरण र रवि लामिछानेको बिषयमा अनावश्यक तर्क, वितर्क, सरकारले देख्यो अनुसन्धान नै प्रभावित हुने जोखिम (खासखबर)

  • मंगलवार, मंसिर २५ २०८१

  • 762
    SHARES

  • सहकारी प्रकरण र रवि लामिछानेको बिषयमा अनावश्यक तर्क, वितर्क, सरकारले देख्यो अनुसन्धान नै प्रभावित हुने जोखिम (खासखबर)

    काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अनुसन्धान जारी छ।कात्तिक २ गते प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । यतिखेर सहकारी प्रकरण र रवि लामिछानेको अनुसन्धानको बिषयमा बाहिर अनावश्यक तर्क वितर्क भईराखेका छन् ।

    पक्राउ परेका रविमाथि राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी रास्वपाले मानव अधिकार आयोगमा उजुरी पनि दिएको छ । यता सरकारले भने लामिछानेमाथि भइरहेको अनुसन्धानलाई स्टन्टबाजीले प्रभावित गर्न खोजिएको बताएको छ ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रभावित गर्ने प्रयास भइरहेको भन्दै अदालतले दिएको अनुमति अनुसार प्रहरी, सरकारी वकिल र सम्बन्धित निकायले छानबिन गरिरहेको सरकारले जनाएको हो ।

    सहकारीमा गरिब तथा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गर्ने घटना गम्भीर अपराध भएको बताउँदै यसमा विधिसम्मत अनुसन्धान गर्नुपर्ने सरकारको भनाई छ ।

    गृहमन्त्री लेखकले सहकारी संस्थाहरूमा भएका ठगी र हिनामिनाका घटनामा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ। मानव अधिकारको रक्षा सरकारको प्रमुख दायित्व भएको भन्दै सहकारी ठगी प्रकरणमा मानव अधिकार उल्लंघन नभएको स्पष्ट पार्नुभएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविको समर्थनमा विज्ञप्ति निकाल्नु भएको छ भने आज चितवनमा पनि रविको समर्थनमा बोल्नुभएको छ ।प्रचण्डले रवि लामिछानेमाथि सरकारले निरंकुश र अलोकतान्त्रिक व्यवहार गरेको टिप्पणी गर्नुहुन्छ ।

    रवि लामिछानेसँग सरकार तर्सिएर राजनीतिक प्रतिशोध साँधेको आरोप प्रचण्डले लगाउनु भएको छ । प्रचण्डले रविकोे समर्थनमा बोलिरहँदा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि भइरहेको अनुसन्धानलाई स्टन्टबाजीले प्रभावित गर्न खोजिएको गृहमन्त्रीको दाबी छ ।

    उहाँले प्रचण्डप्रति लक्षित गर्दै प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताउनुभएको छ।

    ‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’ गृहमन्त्री लेखकको भनाई छ ।

    सत्तारुढ नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गरेको व्यवहारको विरोध जनाउनुभएको छ । गृहमन्त्रीलाई सुनिल शर्माको प्रश्न छ, हिजो जीवी राई खोइ भन्दै हामीलाई सदनमा नाराजुलुस गर्न लगाउने गृहमन्त्रीले अहिले नसमात्ने ?।

    सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरू गरेको जनाएको छ । आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ ।

    आयोगका सहसचिव डा. टिकाराम पोखरेलले अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने जानकारी दिनुभयो। रास्वपाका सभापति लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ ।

    नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बञ्जाडे (छवि)लाई पक्राउ गरेको मंगलबार ८० दिन पुगेको छ । प्रहरीले छविसँगै रविविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गरिरहेको छ ।

    आजै अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । संसद्मा रहेका रास्वपाका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो ।

    उहाँले अनुसन्धानकै चरणमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गर्नुभएको थियो । कात्तिक २ गते रवि काठमाडौंबाट पक्राउ परेपछि रास्वपाले निरन्तर सडक आन्दोलन गरिरहेको छ।

     


    मंगलवार, मंसिर २५ २०८१०८:२६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij